२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

महिलाको हक, अधिकार स्थापित गराउन मङ्गलादेवीको महत्वपूर्ण भूमिका छ : नेता सिंह

बिहिवार , मंसिर २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली महिलाको हक, अधिकार स्थापित गराउन स्वर्गीय मङ्गलादेवी सिंहको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

प्रजातान्त्रिक आन्दोलनको प्रथम महिला नेत्री मङ्गलादेवी सिंहको १००औँ जन्मजयन्तीका अवसरमा नेपाल महिला सङ्घ काठमाडौँ जिल्ला शाखाले आज मङ्गलादेवी पार्कमा बुद्धनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाली महिलाहरूको हक, अधिकारका लागि मङ्गलादेवीको उल्लेख्य योगदान रहेको बताए ।

नेता सिंहले महिलालाई मताधिकार हुनुपर्छ भनेर मङ्गलादेवीले आवाज उठाएकाले महिलाहरूले पनि मतदान गर्न पाउने अधिकार पाएको स्मरणसमेत गरे ।

महिलालाई मताधिकारको प्रयोग गर्न दिनेदेखि पढ्न पाउनुपर्ने माग मङ्गलादेवी कै कारण पूरा भएको उनले बताए ।

त्यस्तै, महिला सङ्घ काठमाडौँकी अध्यक्ष विष्णुदेवी पुडासैनीले नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेत्री मङ्गलादेवीको १००औँ जन्मजयन्तीको अवसरमा वर्षभरी विभिन्न कार्यक्रमको आयोजना गरेर मनाउने कार्यक्रम रहेको बताइन् ।

मंगलादेवीको योगदानको बारेमा विशेष गरेर नेपाली महिलाको हक, अधिकार मात्र नभई नेपाली जनताको प्रजातान्त्रिक अधिकार दिलाउने सन्दर्भमा पनि उनले गरेको सङ्घर्षलाई पुनः ताजगी गर्नका लागि विभिन्न कार्यक्रम आयोजना गरिने पुडासैनीले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट