logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • मुख्यमन्त्रीसँग राउटेले गरे भत्ता नपाएको गुनासो, पीडित युवतीहरुको स्वास्थ्य परिक्षण

    मुख्यमन्त्रीसँग राउटेले गरे भत्ता नपाएको गुनासो, पीडित युवतीहरुको स्वास्थ्य परिक्षण

    6.1K
    Shares

    कर्णाली । राउटे समुदायका यवतीले आफ्नो समुदायमा खाद्यान्न चामलको उचित व्यवस्था गरिदिन कर्णाली प्रदेश सरकारसँग माग गरेका छन् । प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग शुक्रबार भेट गरी उनीहरुले चामल सहित संरक्षणको व्यवस्था गरिदिन माग गरेका हुन् ।

    सो अवसरमा मुख्यमन्त्री शाहीले राउटे समुदायलाई प्रदेश सरकारले आवश्यक सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग निरन्तर जारी रहने जानकारी दिए ।

    उनले सो अवसरमा सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई घुमन्ते राउटे समुदायको तत्कालको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न निर्देशन दिए।  

    सामाजिक विकासमन्त्री बिसीले राउटे समुदायका समस्या तत्काल सम्बोधन गरिने बताए । सँधै मुखिया नेतृत्वको टोलीले सरकारसँग आफ्ना समस्या राख्दै आएपनि यसपटक भने ती समुदायका युवक र युवती भेटमा सहभागी भएका थिए । सो समुदायले हालै कोरोना परीक्षण समेत गराएका थिए ।

    मुख्यमन्त्रीसँगको भेटमा युवतीहरुले प्रदेश सरकारले दिने भनेको मासिक दुई हजार भत्ता नपाएको भन्दै गुनासो गरेका थिए । उक्त भेटमा राउटे युवतीमाथि भएको दुर्व्यवहारको घटनाका विषयमा भने कुरा नभएको उनले बताए । 

    पिडित युवतीहरुको शुक्रबार दिउँसो स्वास्थ्य जाँच भएको छ । राउटे अभियन्ता नगेन्द्र उपाध्यायका अनुसार वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल कालागाउँमा उनीहरुको स्वास्थ्य परिक्षण गरिएको हो । परिक्षणको रिपोर्ट आइसकेको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend