काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधि सभाको निर्वाचन आगामी वैशाखसम्म सरे पनि त्यसले कुनै ठूलो फरक नपर्ने बताएका छन्। सरकारले फागुन २१ गते निर्वाचनको मिति तोकेको भए पनि यसलाई वैशाखसम्म सार्नुपर्ने अवस्था आए स्वाभाविक हुने शर्माको भनाइ छ।
महामन्त्री शर्माले सामाजिक सञ्जाल फेसबुकमा चुनाव मिति सार्दा तीन प्रमुख कारणले स्वाभाविक हुने उल्लेख गरेका उनले जेनजी समूहलाई निर्वाचनप्रति अपनत्व महसुस गराउन, विश्वसनीय चुनावी वातावरण विकास गर्न र हिमाली क्षेत्रका मतदातालाई सहज बनाउने।
उनले भने, “सहमति र सहकार्यमार्फत आगामी निर्वाचन यात्रा सहज बनाउनु हाम्रो साझा दायित्व हो। जेनजीहरुसँगको सहमतिलाई स्वागत गर्नुपर्छ, तर दलहरु सहभागी नभएको विषयमा सरकार गम्भीर हुनुपर्छ।”
शर्माले जेनजी र सरकारबीच भएको सहमति कार्यान्वयनको क्रममा फागुन २१ को मिति कुनै बाधक नबन्ने तर दलहरुसँग समन्वय नगरी निर्णय भए त्यसमा चुनौती उत्पन्न हुन सक्ने छ।
प्रतिक्रिया दिनुहोस