२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

युवाहरुलाई कार्यकर्ता र दासमात्रै ठान्ने प्रवृति अब अन्त्य हुनुपर्छ : सञ्चारमन्त्री

शुक्रवार , मंसिर २६, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले राजनीतिक दलमा युवाहरुलाई कार्यकर्ता र दासमात्रै ठान्ने प्रवृति अब अन्त्य हुनुपर्ने बताएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित सामाजिक जवाफदेहिता : मिडियार र युवा सम्वादमा मन्त्री खरेलले बर्षौबर्ष एउटै व्यक्तिले राजनीतिक दलमा पद ओगटेर बस्दा देश र पार्टीको हित नहुने भन्दै अव युवाहरुलाई कार्यकर्ता र दास मात्रै ठान्ने प्रवृति अन्त्य हुनुपर्ने बताएका हुन् ।

बिगतदेखि दलहरुमा एउटै व्यक्ति हावी हुने र युवालाई निषेध गर्ने प्रवृति अन्त्यका लागि युवाहरुले आवाज उठाउनुपर्ने उल्लेख गर्दै मन्त्री खरेलले मागेर आफ्ना माग पुरा नभए खोसेर लिनुपर्ने धारणा राखे । उनले अहिले भइरहेका राजनीतिक दलहरुका शीर्ष नेताको उमेर समूह, अनुभव, राजनीतिमा ओगटेको ठाँउ र युवाहरुलाई अगाडी बढ्न नदिएको यथार्थ भूल्न नमिल्ने बताए ।

अहिलेका युवाहरु कुनै वादको बन्धक बनेर नबस्ने उनले बताए । उनले नेपाली राजनीतिमा युवाहरुको जवरजस्त उपस्थीति हुनेवाला रहेको भन्दै कसैले रोक्न नसक्ने जिकिर गरे ।

मन्त्री खरेलले यसपटक मुलुकको परिवर्तनका लागि जेनजीहरुले निस्वार्थ रुपमा आन्दोलन गरेको बताए । मुलुकलाई भ्रष्टाचारमुक्त बनाउदै सुशासनतर्फ अघि बढाउने माग युवाहरुले राखेपनि आन्दोलनपछि बनेको सरकारमा जेनजी युवाहरु आउन नचाहेको उनले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट