२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

एमालेको ११औँ महाधिवेशन : तीन लाखजनाको उपस्थिति रहने

शुक्रवार , मंसिर २६, २०८२

काठमाडौं । नेकपा (एमाले)ले शनिबारबाट सुरु हुने पार्टीको ११औँ महाधिवेशनको तयारी पूरा भएको जनाएको छ ।

शुक्रबार महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीमा पत्रकार सम्मेलन गर्दै एमालेले महाधिवेशनलाई भव्य र सभ्य बनाउन सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको हो । महाधिवधेशनको उद्घाटन समारोहमा करिब तीन लाखजनाको उपस्थिति रहने एमाले नेता राजन भट्टराईले जानकारी दिए । महाधिवेशनको उद्घाटन समारोहमा आउन सहजता प्रदान गर्न सवारी साधनको व्यवस्था र पार्किङको पनि उचित व्यवस्थापन गरिएको उनले बताए ।

भट्टराईले कोटेश्वरतर्फबाट आउने गाडीलाई गठ्ठाघरमा रोकिने र त्यहाँबाट र्यालीसहित सल्लाघारी आउने व्यवस्था गरिएको र पूर्वतर्फबाट आउने गाडीलाई जगातीमा रोकेर र्यालीसहित महाधिवेशनस्थलमा आउने व्यवस्था गरिएको जानकारी दिए ।

त्यस्तै दुईसय भन्दा बढि सांस्कृतिक भेषभूषासहित झाँकी प्रदर्शनी हुने उनले बताए । उनले महाधिवेशनमा मुलुकभित्रका राजनीतिक दललाई आमन्त्रण गरिएको र अन्य मित्रराष्ट्रका पार्टीबाट भने शुभकामना सन्देशमात्रै बाचन गरिने उल्लेख गरे ।

भट्टराईले पार्टी र व्यवस्थामाथि धावा बोलिरहेको बेला पार्टीको महाधिवेशन एक ढिक्का भएर चुनौतीको सामना गर्न अघि बढ्ने स्पष्ट पारे । एमालेको महाधिवेशनको उद्घाटन मंसिर २७ गते शनिबार भक्तपुरको सल्लाघारी चौरमा हुने छ भने बन्दसत्र भने राष्ट्रिय सभागृहमा हुने एमालेले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट