काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नयाँलाई अवसर दिने भन्दै आगामी प्रतिनिधि सभाको चुनावमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका पाण्डेले भने, ‘सांसद र मन्त्री भइसकेँ । नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने सोचेर चुनाव नलड्ने निधो गरेँ ।’
उनले अब आफू पार्टी सुदृढीकरणको काममा लाग्ने बताए ।
२०७९ सालमा बाजुराबाट प्रत्यक्ष निर्वाचित पाण्डेले चुनावी प्रतिस्पर्धा नगर्ने भएसँगै उनको नाम सिफारिस गरिएको छैन ।
उनले आफू सरकारमा रहँदा आन्दोलनरत युवाहरूका मागहरूलाई समयमा र अपेक्षित ढङ्गले सम्बोधन गर्न नसकिएको अनुभूति भएको बताए ।
जेनजी आन्दोलन हुँदा पाण्डे एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारमा मन्त्री थिए ।
प्रतिक्रिया दिनुहोस