२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

देशले सक्षम नेतृत्व खोजिरहेको छ, आगामी निर्वाचनमा सही नेतृत्व चयन गरौँ : मन्त्री घिसिङ

शुक्रवार , मंसिर २६, २०८२

रौतहट । भौतिक पूर्वाधार तथा यातायात, सहरी विकाश एवं ऊर्जामन्त्री कुलमान घिसिङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सही नेतृत्व चयन गर्न आग्रह गरेका छन् ।

रौतहटको चन्द्रपुर– ८ मर्धरमा आज ‘जन्मदिनलाई सतर्कममा जोडौँ’ अभियान अन्तर्गत वृक्षरोपण जन्मोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री घिसिङले देशको परिवर्तनका लागि राजनीतिक नेतृत्व सही हुनुपर्ने हुँदा आउँदो निर्वाचनमा सही व्यक्तिलाई निर्वाचित गरेर पठाउनुपर्ने बताए । देशले नयाँ र सक्षम नेतृत्व खोजिरहेको अवस्थामा फागुन २१ गते हुने निर्वाचनमा देशलाई माया गर्ने र देशप्रति समर्पित नेतृत्व छान्नसमेत उनले आग्रह गरे ।

जनताका आशा र अपेक्षा धेरै भएको बताउँदै मन्त्री घिसिङले भने, “तीन महिनाभित्र सक्ने किसिमको काम हामी गरेर देखाउछौँ, तर तीन महिनापछि पनि धेरै काम गर्नुपर्ने हुँदा सही नेतृत्व छान्ने काम जनताको हो ।”

काम गर्न नसक्ने निर्माण व्यवसायीलाई धमाधम कारबाही गरिरहेको उल्लेख गर्दै मन्त्री घिसिङले रौतहटमा पनि काम गर्न नसक्नेलाई कारबाही गरेर विकासका काम अगाडि बढाउने बताए। आफू बिद्युत् प्राधिकरणको कार्यकारी अधिकृत हुँदा विद्युतको क्षेत्रमा आमूल परिर्वतन आएको भए पनि अब देशको सबै क्षेत्रमा आमूल परिर्वतनको खाँचो रहेको मन्त्री घिसिङको धारणा थियो ।

———

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट