२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

भूमिसम्बन्धी समस्या दीर्घकालीन रुपमा समाधान गर्ने प्रयास गर्छु : नवनियुक्त मन्त्री इङ्नाम

शुक्रवार , मंसिर २६, २०८२

काठमाडौं । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमारसिंह इङ्नामले भूमिसम्बन्धी समस्यालाई दीर्घकालीन रुपमा समाधानको प्रयास गर्ने बताएका छन् ।

शुक्रबार मन्त्री पदको सपथपछि सिंहदरबार पुगेर कार्यभार सम्हाल्दै मन्त्री इङ्नामले भूमिसम्बन्धी समस्या र भू-उपयोगका लागि देखिएका समस्यालाई समाधानको प्रयास गर्ने बताएका हुन् ।

बिचौलियालाई प्राथमिकता दिएका कारण नागरिकले दु:ख पाएको उनले बताए । मन्त्री इङ्नामले बाँझो रहेका जमिनलाई उपयोग गर्नुपर्ने नीति ल्याउनुपर्ने धारणा राखे ।

नेताहरुले जनताको हितमा काम नगरेकाले जनताहरुले सधै समस्या भोग्नुपरेको उनको भनाइ छ । मन्त्री इङ्नामले भूमि आयोगका नाममा आफूखुसी जग्गा बितरण गर्ने काम अव नदोहरिने भन्दै पीडित जनतालाई न्याय हुने गरि अघि बढ्ने स्पष्ट पारे ।

उनले आफ्नो छोटो कार्यकालमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणसम्बन्धी क्षेत्रलाई सहि दिशा दिने प्रयास हुने बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट