काठमाडौँ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको ११ औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा उद्घाटन गरेका छन् ।
ओलीले रिमोट थिचेर झण्डोत्तल र बत्ति बालेर महाधिवेशन उद्घाटन गरेका हुन् ।
सल्लाघारीस्थित तीनकुने मैदानमा उद्घाटन समारोहमा एमालेका नेता कार्यकर्तासहित विभिन्न पार्टीका नेताहरु अतिथिका रुपमा सहभागी छन् ।
महाधिवेशनको बन्दसत्र भने आइतबार र सोमबार भृकुटीमण्डपमा हुने एमालेले जनाएको छ ।
पार्टीले महाधिवेशनलाई संगठनात्मक सुदृढीकरण, नीति–कार्यक्रम र भावी नेतृत्व चयनका दृष्टिले ऐतिहासिक महत्वको रूपमा लिएको छ ।
महाधिवेशनले पार्टीको नयाँ नेतृत्व समेत चयन गर्ने छ ।
प्रतिक्रिया दिनुहोस