काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले मुलुकको वर्तमान अवस्थामा राजनीतिक दलहरु एक भएर अघि बढ्नुपर्ने बताएकी छन् ।
शनिबार भक्तपुरमा एमालेको ११औँ महाधिवेशनमा शुभकामना मन्तव्य व्यक्त गर्दै देशलाई निकास दिँदै अघि बढ्न दलहरुबीच विश्वास, सम्वाद र उच्चस्तरीय समझदारी आवश्यक रहेको बताएकी हुन् ।
राष्ट्रियताको संरक्षण गर्दै मुलुकको बिकासका लागि एमालेसँगको सहकार्यको ढोका सदैव खुला रहने बताइन् । सहकार्यको जग भने न्याय र समानतामा हुनुपर्ने उनको भनाइ छ ।
उनले नाकाबन्दीको समयमा राष्ट्रियता र स्वाभिमानको अडानलाई विश्वसामू स्थापित गर्न एमालेले खेलेको भूमिकाको प्रसंसा गरिन् ।
प्रतिक्रिया दिनुहोस