२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

पुरानो निर्वाचन प्रणाली असफल भइसक्यो, निर्वाचन प्रणालीमा सुधार गरौँ : लेखनाथ दाहाल

शनिवार , मंसिर २७, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता लेखनाथ दाहालले पूरानै तरिकाको निर्वाचनबाट मात्रै मुलुकले निकास नपाउने बताएका छन् ।

रिपोटर्स क्लवले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा दाहालले युवा पुस्ताको माग सम्बोधन नगरी पूरानै तरिकाको निर्वाचनबाट मात्रै मुलुकले निकास नपाउने बताएका हुन् । उनले पुरानो निर्वाचन प्रणाली असफल भइसकेकाले अब सर्वपक्षीय छलफल मार्फत निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिए ।

शासकीय स्वरुपको विषयमा, निर्वाचन प्रणालीको विषयमा जेनजीहरुको उपस्थितिमा सरोकारवाला निकायहरुको सहभागितामा राष्ट्रिय सहमति कायम गर्नुपर्ने उनले बताए । उनले राष्ट्रिय सहमतिका साथ लिखित प्रतिबद्धता राष्ट्रपतिलाई बुझाउनुपर्ने र राष्ट्रपतिले संसद्को आह्वान गर्नुपर्ने जिकिर गरे ।

संसद्को पहिलो बैठकबाट संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारीको एजेण्डामा जानुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट