२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सञ्चारमन्त्री खरेलले गरे सहीद पत्रकार सुरेश रजकको परिवारसँग भेट

शनिवार , मंसिर २७, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सहीद पत्रकार सुरेश रजकको परिवारसँग भेट गरेका छन् । चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका सहीद पत्रकार सुरेश रजकको घरमा पुगेर मन्त्री खरेलले परिवारसँग भेट गरेका हुन् ।

सो क्रममा मन्त्री खरेलले सुरेशको न्यायका लागि आफूले निरन्तर पहल गर्ने बताए । सुरेशको मृत्युको घटनाको छानविन गरी सत्यतथ्य बाहिर आउनुपर्ने उनले बताए । सरकारले सहीद घोषणा गरिसकेकाले सुरेशलाई हरेक नेपालीले सदैव सम्मानपूर्वक स्मरण गर्ने उनको भनाइ छ ।

२०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा भएको आगजनीमा परेर पत्रकार सुरेशको मृत्यु भएको थियो । घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन रजकको परिवारले माग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट