२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, बन्दसत्र १२ः३० बजेपछि

आइतवार , मंसिर २८, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अहिले बिहान ९ः०० बजे महाधिवेशनको पार्टी ११औँ राष्ट्रिय महाधिवेशन बन्दसत्रस्थल भृकुटीमण्डपमा बैठक बोलाएको जानकारी दिए ।

उनले पार्टीको विधान संशोधनसहित समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाएको बताए ।

यस्तै, बिहान ८ः०० बजे बोलाइएको महाधिवेशनको बन्दसत्र १२ः३० बजे हुने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । केन्द्रीय कमिटी बैठक राखिएकाले बन्दसत्र सरेको हो ।

शनिबारदेखि सुरु भएको महाधिवेशनको बन्दसत्र आजदेखि हुँदैछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट