२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सुदूरपश्चिम प्रदेशको युवा कोटाबाट तीर्थ भट्टराईले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

सोमवार , मंसिर २९, २०८२

काठमाडौं । नेकपा (एमाले)को एघारौं महाधिवेशनमा सुदूूरपश्चिम प्रदेशको युवा कोटामा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तीर्थ भट्टराईले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

पार्टीले युवा कोटा सुनिश्चित गरेसँगै उनले सुदूूरपश्चिमबाट उम्मेदवारी दिने तयारी गरेका हुन् । तीर्थ भट्टराई कैलाली क्षेत्र न. ५ बाट युवा कलस्टरमै प्रतिनिधि चुनिएर आएका हुन् । लामो समय प्रवास कमिटीमा रहेर काम गरेका भट्टराई भुगोलमा पनि स्थापित युवा नेता मानिन्छन् ।

एमालेले यो पटक ४० बर्ष मुनिका युवाहरुको पनि केन्द्रीय कमिटीमा कोटा सुनिश्चित गरेको छ । प्रत्येक प्रदेशलाई भुगोल बनाएर १/१ जना युवाहरु समेटिने छन् । साथै खुला(हल) बाट २ जना र अन्य कलस्टरबाट पनि युवाहरु समेटिने छन् ।

एमालेको निर्वाचन कमिटीको तालिका अनुरुप आजबाट उम्मेदवारी फारम वितरण गरि उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट