काठमाडौं। नेकपा (एमाले)को ११औँ महाधिवेशनमा पदाधिकारीका लागि ईश्वर पोखरेल समूहले उम्मेदवार टुंगो लगाएको छ ।
अध्यक्ष पदमा ईश्वर पोखरेल आफैंले प्रतिस्पर्धा गर्दैछन् । ईश्वर समूहबाट महासचिव पदमा सुरेन्द्र पाण्डे, उपाध्यक्षमा गोकर्ण विष्ट, र उपमहासचिवमा योगेश भट्टराईको नाम निश्चित भइसकेको छ।
पाँच उपाध्यक्ष पदमध्ये विष्टबाहेक परशुराममेघी गुरुङ, बिन्दा पाण्डे र अरुण नेपालको नाम लगभग टुंगिसकेको छ भने अन्तिम पुष्टि बाँकी रहेको बताइएको छ।
सचिव पदका लागि ठाकुर गैरे, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, इन्द्रलाल सापकोटा र रचना खड्काको नाम फाइनल गर्ने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस