२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

ओली टिमलाई जिताउन आग्रह गर्दै ज्ञवालीले भनेः मन र मत दुबै पाउने विश्वास लिएको छु

मंगलवार , पौष १, २०८२

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको पक्षमा मतदान गर्न प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । ज्ञवालीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सम्पूर्ण टिमलाई एकताबद्ध भएर भारी मतका साथ विजयी बनाउन महाधिवेशन प्रतिनिधिहरूलाई अपिल गरेका छन् ।

महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै ज्ञवालीले यो महाधिवेशन संगठनात्मक प्रक्रियामात्र नभई चुनौतीपूर्ण राष्ट्रिय राजनीतिका सन्दर्भमा दूरगामी महत्व बोकेको ऐतिहासिक अवसर भएको बताए ।

उनले पार्टीलाई वैचारिक स्पष्टता, सांगठनिक सुदृढता र राजनीतिक स्थायित्वको दिशामा अघि बढाउन ओली नेतृत्वको निरन्तरता आवश्यक रहेको धारणा राखे ।

यसै अवसरमा ज्ञवालीले आफू पार्टी केन्द्रीय कमिटी सदस्य पदका उम्मेदवार रहेको जानकारी दिँदै प्रतिनिधिहरूबाट मन र मत दुवै पाउने विश्वास व्यक्त गरे । “म सधैँ कमरेडहरूकै बीचमा छु र भविष्यमा पनि त्यहीँ रहनेछु,” भन्दै उनले कार्यकर्ता र प्रतिनिधिसँगको भावनात्मक सम्बन्ध र राजनीतिक प्रतिबद्धता दोहोर्‍याए ।

एमालेको भावी नेतृत्व र आगामी राजनीतिक दिशा निर्धारण गर्ने यस निर्णायक मतदानले पार्टीलाई थप एकताबद्ध, सशक्त र जनउत्तरदायी बनाउने विश्वास पार्टी नेताहरूले व्यक्त गरेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट