काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यस बर्षको अन्तर्राष्ट्रिय आप्रवासन दिवस सप्ताहव्यापी रुपमा मनाउन सुरु गरेको जनाएको छ ।
मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले पौष १ देखि ७ गतेसम्म श्रमिकको योगदानको सम्मान र अधिकारको संरक्षणलाई केन्द्रित गर्दै अन्तर्राष्ट्रिय आप्रवासन दिवस सप्ताहव्यापी रुपमा मनाउन सुरु गरेको जनाएको हो ।
पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करले दिवसका अवसरमा पुष ३ गते बिहीबार मूल समारोहका साथै रक्तदान, स्वास्थ्य शिविर, खेलकुद प्रतियोगीता लगाएतका कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । श्रमिकको योगदानको सम्मान र अधिकारको संरक्षणलाई केन्द्रमा राखेर दिवस मनाउन व्यवस्थापन समिति गठन गरिएको उनले बताए ।
त्यस्तै उनले सप्ताहव्यापी कार्यक्रम सम्पन्न भएपछि पुष ८ गतेदेखि लागूहुने गरी श्रमिकको ठगि रोक्ने र सुरक्षालाई ध्यान दिदै विशेष हेल्प सेन्टर सञ्चालन गर्ने तयारी भएको जानकारी दिए ।
सरकारले यसबर्षको अन्तर्राष्ट्रिय आप्रवासन दिवसको राष्ट्रिय नारा श्रम आप्रवासनका चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सीपयुक्त आप्रवासन तय गरेको छ ।
प्रतिक्रिया दिनुहोस