२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

एमाले महाधिवेशनः प्राविधिक समस्या सुल्झिएपछि मतदान गर्न लाइनमा प्रतिनिधि

बुधवार , पौष २, २०८२

काठमाडौं । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि मतदान गर्न नेता कार्यकर्ता लाइन लागेका छन् । मतदान बिहान ८ बजेदेखि सुरु हुने बताइए पनि केही ढिलाइ भएको छ ।

मतदान विद्युतीय मेसिनमार्फत गरिँदैछ। मंगलबार साँझका लागि तय गरिएको मतदान प्राविधिक समस्याका कारण स्थगित भएर आज बिहानका लागि सारिएको थियो।

बिहान ८ बजेदेखि मतदान हुने जानकारी पाएपछि प्रतिनिधिहरू मतदानस्थलमा लाइनमा बसेका छन्। मतदानका लागि प्रयोग हुने विद्युतीय मेसिन तयारी अवस्थामा रहेको प्राविधिक लक्ष्मण रिमालले जानकारी दिए।

उनका अनुसार प्राविधिक टोली पूर्ण रूपमा तयारी अवस्थामा छ। उनले भने, “अब कुनै प्राविधिक समस्या छैन। हाम्रोतर्फबाट सबै काम सम्पन्न भइसकेको छ। निर्वाचन आयोगको अनुमति प्राप्त भएपछि मतदान सुरु हुन्छ।”

मतदानका लागि ८० वटा विद्युतीय मेसिन राखिएको छ। रामलक्ष्मण इनोभेसन प्रालिले तयार पारेका मेसिनमार्फत हुने मतदानमा कुल २ हजार २६३ प्रतिनिधि सहभागी हुँदैछन्। महाधिवेशनमा केपी शर्मा ओली समूह र ईश्वर पोखरेल समूहबीच प्रतिस्पर्धा हुँदैछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट