२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

एमाले नेतृत्व चयनका लागि ओली र पोखरेलले भोट हालेर गरे मतदान सुरु

बुधवार , पौष २, २०८२

काठमाडौं । नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले आफ्नो विद्युतीय मत हालिसकेपछि प्रतिनिधिहरूलाई पनि मतदानका लागि प्रवेश गराइएको छ।

मतदानस्थलमा अध्यक्ष केपी शर्मा ओली आइपुगेपछि मतदान सुरु भएको हो। अर्का उम्मेदवार ईश्वर पोखरेल भने बिहानै आएर मतदातासँग मत मागिरहेका थिए।

हिजो बिहान १० बजे मतदान सुरु गर्ने तालिका भए पनि प्राविधिक कारणले समय ढिलाइ भएको थियो। उम्मेदवारको संशोधित सूची मेसिनमा प्रविष्ट गर्न ढिलाइ हुनु र फन्ट सपोर्टको समस्या भएपछि मतदान आज बिहान सारिएको हो।

भृकुटीमण्डपमा ३०१ सदस्यीय केन्द्रीय कमिटी चयनका लागि २ हजार २६३ प्रतिनिधि भेला भएका छन्। केही सदस्य भने निर्विरोध चयन भइसकेका छन्।

मतदानका लागि ८० विद्युतीय भोटिङ मेसिन राखिएको छ। एक जनाले मत हाल्न करिब ३५–४० मिनेट लाग्ने अनुमान छ। निर्वाचन आयोगले एकपटकमा ५० जनालाई मतदानको व्यवस्था गरेको छ। महिला र पुरुषका मतदातालाई एउटै लाइनमा राखिएको छ।

केपी शर्मा ओली र ईश्वर पोखरेलले छुट्टाछुट्टै प्यानल बनाएर चुनावमा प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट