२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

एमाले ११ औँ महाधिवेशनः मतदान सम्पन्न, आजै नतिजा सार्वजनिक हुने

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ। काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान बिहीबार बिहान करिब पौने ७ बजे सकिएको हो।

महाधिवेशनका लागि २ हजार २ सय ६३ प्रतिनिधि चयन गरिए पनि शतप्रतिशत मत खसेन। निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार कुल २ हजार २२७ मत खसेका छन् भने ३६ प्रतिनिधि अनुपस्थित रहे। मतदानका लागि ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरिएको थियो।

मतपरिणाम आजै सार्वजनिक गरिने एमालेले जनाएको छ। बिहान ११ बजे भृकुटीमण्डपमै मत परिणाम घोषणा, प्रमाणपत्र वितरण तथा शपथग्रहण कार्यक्रम राखिएको छ।

नयाँ नेतृत्व चयनका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा छन्। दुवै प्यानलमा नअटेका केही उम्मेदवारले स्वतन्त्र रूपमा पनि उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट