२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

एमाले ११ औँ महाधिवेशनः ९८.०४ प्रतिशत मत खस्यो, ३६ प्रतिनिधि अनुपस्थित

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ। कुल २ हजार २ सय ६३ प्रतिनिधिमध्ये २ हजार २२७ जनाले मतदान गर्दा ३६ प्रतिनिधि अनुपस्थित रहे।

निर्वाचन आयोगका अनुसार महाधिवेशनमा ९८.०४ प्रतिशत मत खसेको छ। केही प्रतिनिधि स्वास्थ्य कारणले महाधिवेशनस्थलमा उपस्थित हुन नसकेको र केहीले मतदानमा सहभागिता नजनाएको आयोगले जनाएको छ।

निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार मतदान नगर्ने प्रतिनिधिहरुमा बालकुमार काउछा, ब्रिजेश गुप्ता, राजकुमार गुप्ता, दानबहादुर विक, हिरबहादुर राजवंशी, पोष्टकुमार नेपाल, सरस्वती गौतम, सर्वतलाल राजवंशी र प्रदीपराज प्याकुरेल छन् ।

यस्तै समीर नेपाल, रचना राजोपाध्य, अशोक केसी, घनश्याम कोइराला, सिर्जना नेपाली, अषिम कोइराला, दिनेश बास्तोला, बालुका बेलबासे, गिरिराज बेलबासे, राजेश अर्याल, मिना पोखरेल, तेजकुमार विक, पल्लबराज भट्ट, तिलक रिजाल र गोमा नेपालीले पनि मतदान गरेनन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट