२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

एमाले महाधिवेशनः साढे १० बजेसम्म नतिजा आउने, भोटिङ मेसिनममा रहेका चिप्सलाई शिलबन्दीको तयारी

बिहिवार , पौष ३, २०८२

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ। केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत पोखरेलका अनुसार कुल २ हजार २ सय २७ महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन् भने ३६ प्रतिनिधि अनुपस्थित रहे।

उनका अनुसार बिहीबार बिहान साढे १० बजेसम्म मतपरिणाम सार्वजनिक गर्ने तयारी छ। ‘कुनै समस्या नआए साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्छौँ। अहिले भोटिङ मेसिन लक गरी रुजु गर्ने काम भइरहेको छ। त्यसपछि प्रमाणीकरणसहित सिलबन्दी गरेर सबैको सहमतिमा मतगणना सुरु गरिन्छ,’ उनले भने।

बुधबार बिहान ९ बजेर १२ मिनेटमा सुरु भएको मतदान रातभर जारी रह्यो। छिटो नतिजा निकाल्ने उद्देश्यले विद्युतीय भोटिङ मेसिन प्रयोग गरिए पनि अपेक्षित रूपमा प्रक्रिया अघि बढ्न नसक्दा महाधिवेशनको अवधि लम्बिएको हो। सुरुमा तीन दिनमा सम्पन्न गर्ने भनिएको महाधिवेशन दुई दिन थपिएको छ।

महाधिवेशनमा ३०१ सदस्यीय केन्द्रीय कमिटी र १९ पदाधिकारीका लागि निर्वाचन भइरहेको छ। तीमध्ये ११ पदमा उम्मेदवार निर्विरोध भइसकेका छन् भने प्रतिनिधिले बाँकी २९० सदस्य चयन गर्नुपर्नेछ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट