२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

प्रतिनिधिसभा निर्वाचनः नेकपाद्वारा रुपन्देही–३ मा सिफारिस भएका यी हुन् पाँच जना

शुक्रवार , पौष ११, २०८२

रुपन्देही । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रुपन्देही क्षेत्र नम्बर ३ मा उम्मेदवारका लागि पाँचजनाको नाम सिफारिस गरेको छ ।

नेकपाले प्रत्यक्षतर्फ आनन्दप्रसाद गुप्ता, फैज अहमद खान, राधेश्याम गुप्ता, कमला थापा र मधुसुदन गाहा मगरको नाम सिफारिस गरेको सो पार्टीका नेता तीरबहादुर रोका मगरले जानकारी दिए ।

त्यस्तै समानुपातिकतर्फ आठ जनाको नाम सिफारिस गरिएको छ । सिफारिस हुनेमा हकिकुल्ला खाँ, सोनिया यादव, जयबहादुर सुनार, आशाकुमारी चौधरी, डा ऋषिराम पाण्डे, धनबहादुर गुरुङ, डिल्लीराम भट्टराई र टीकाराम श्रेष्ठ छन्।

विसं २०७९ मा सम्पन्न निर्वाचनमा रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहरा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट