काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच आज निर्णायक सहमति गराउने कसरत जारी छ ।
रास्वपा र बालेनबीच सहमतिको मस्यौदा निर्माणमा संलग्न कुमार बेन, असीम शाह र आसिफ शाहले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेर निस्किएका छन् ।
अब उनीहरुले बालेनसँग निर्णायक भेट गर्दैछन् । कुराकानी सकारात्मक रहेको बुझिएको छ । आजै सहमतिमा हस्ताक्षर गर्ने गरी नेताहरु दौडधुपमा छन् ।
प्रतिक्रिया दिनुहोस