२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

निर्वाचन र पार्टी अधिवेशन दुवै अनिवार्य : कावा सभापति खड्का

शुक्रवार , पौष ११, २०८२

कीर्तिपुर । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय राजनीतिको निकासका लागि महाधिवेशन र आमनिर्वाचन दुवै अनिवार्य भएको भएको बताएका छन् ।

निजी विद्यालयका शिक्षक र कर्मचारीको सङ्गठन नेपाल अध्यापक सङ्घको शुक्रबार सम्पन्न प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टी चुनावमा होमिइसकेकाले कार्यकर्तालाई त्यसतर्फ लाग्न आह्वान गरे ।

“अहिले हरेक एकाइमा क्रियाशील सदस्यता वितरण भइरहेको छ । मापदण्ड पुगेका सबैले सदस्यता पाउन् भन्नेमा सबै कार्यकर्ता सचेत हुनुपर्छ”, उनले भने, “महाधिवेशनमा राम्रो गर्न सके चुनावमा पनि अपेक्षित नतिजा हासिल गर्न सकिन्छ ।”

सङ्घको अधिवेशनले भोलानाथ चालिसेको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्वाचन गरेको छ । यसअनुसार सङ्घको वरिष्ठ उपाध्यक्षमा सुदीप बर्तौला र महासचिवमा धर्मराज जोशी निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी, कोषाध्यक्षमा राजेन्द्र गौतम र उपमहासचिवमा सुजाता कार्की र देवकान्त यादव निर्वाचित भएका छन् ।

सङ्घको स्थापना २०७९ साउनमा कांग्रेसको शुभेच्छुक संस्थाका रूपमा भएको थियो । निजी शैक्षिक संस्थामा कार्यरत शिक्षक कर्मचारीको पेसागत तथा राजनीतिक हक कायम गराउने उद्देश्यले संस्थाको स्थापना भएको हो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट