काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचन सम्बन्धी छलफल गर्ने भएकी छन्।
प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल “प्रचण्ड”सँग दिउँसो ४ बजे छलफल गर्ने कार्यक्रम तय गरिएको छ।
यसअघि, सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले प्रमुख दलका नेताहरूसँग भेट गरी निर्वाचनको वातावरण सृजना गर्न आग्रह गरेका थिए।
प्रतिक्रिया दिनुहोस