२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

रवि र बालेनमाथि ज्ञवलीको व्यङ्ग्यः यो मिलनले देशले मुक्ति पाउँछ भन्ने भ्रान्ति फैलाउन खोजिँदैछ

शनिवार , पौष १२, २०८२

काठमाडौं। नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विचार मिल्नेहरू एकै ठाउँमा उभिनु सकारात्मक भए पनि पछिल्लो समय एकताको प्रयासमा रहेका व्यक्तिहरूको स्वार्थ र वास्तविक उद्देश्यबारे संशय कायमै रहेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा ज्ञवालीले लेखेका छन्, “सिंहदरबार जलाउने या त्यसमा उत्सव मनाउनेहरू पनि लोकतान्त्रिक प्रतिस्पर्धाबाट त्यही सिंहदरबारमा पुग्न खोज्नु सकारात्मक हो। तर यस्ता भेटघाटलाई लिएर यस्तो तरङ्ग ल्याउन खोजिँदै छ, जस्तो मानौँ नेपाल नबनेकै अमुक व्यक्तिहरूले मिलेर देश बनाएका छैनन्। यो दक्षिण भारतीय चलचित्रमा जस्तो दृश्य जस्तो छ – कुनै नायक रङ्गमञ्चमा उत्रेर ढ्याक्क खुट्टा बजार्छ, तुफान सिर्जना हुन्छ, अनि सबै खलनायकहरू सोतर हुन्छन्।”

रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच भइरहेको पार्टी एकता प्रयासलाई सङ्केत गर्दै उनले थपेका छन्, “यो मिलनले यस्तै ‘तारणहार’ जन्माउँछ र देशले मुक्ति पाउँछ भन्ने भ्रान्ति फैलाउन खोजिँदै छ। तर यस्तो तिलस्मी तत्वको खोजीले मुलुकलाई कहीँ पनि पुर्याउँदैन। देश निर्माणमा व्यक्तिको भूमिका नहुने होइन, तर अन्ततः मुलुक बनाउने कुरा विचार, संस्था, प्रणाली र सामूहिक प्रयाससँग जोडिएको हुन्छ।”

उनले भनेका छन्, “कस्तो शासन प्रणाली अपनाउने ? कस्तो आर्थिक नीति लिने ? बहुलता र विविधताले भरिएको समाजमा सामाजिक प्रबन्ध कस्तो हुने ? तीव्र रूपमा बदलिँदो भूराजनीतिक परिदृश्यमा राष्ट्रिय हितको संरक्षण कसरी गर्ने ? जलवायु परिवर्तन जस्ता चुनौतीहरूको सामना कसरी गर्ने ? संविधानका कुन विषय संरक्षण गर्ने र के परिमार्जन गर्ने ?” उनले भने, “यी सबै प्रश्नमा कुनै स्पष्ट विकल्प छैन, छ भने केवल नकारात्मकता, निषेध र घृणा मात्र।”

ज्ञवालीले लेखेका छन्, “घोडा पानीदार हो कि होइन भन्ने टुङ्गो लामो दौडले नै हुन्छ। स्वप्न भङ्गको क्षण साह्रै पीडादायी हुन्छ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट