२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

राजनीतिक सहमति बिना निर्वाचन सम्भव छैन : घनश्याम भुषाल

शनिवार , पौष १२, २०८२

विराटनगर । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष तथा पूर्वमन्त्री घनश्याम भुषालले निर्वाचनका लागि आवश्यक राजनीतिक सहमति हुन नसक्दा चुनाव सम्भव नभएको बताएका छन् । सबैले निर्वाचन चाहेको भए पनि सहमति बिना त्यसलाई सम्पन्न गर्न नसकिने उनकाे भनाइ छ ।

विराटनगरमा शनिबार आयोजित पत्रकार सम्मेलनमा नेता भुषालले निर्वाचनको वातावरण बन्दै गए पनि राजनीतिक सहमति नजुटेको उल्लेख गरे । निर्वाचनले मात्रै मुलुक र संविधानलाई सही ट्रयाकमा ल्याउन सक्ने उनको दाबी छ ।

पत्रकार सम्मेलनमा उनले नयाँ राजनीतिक दल र तिनका नेताहरू विचारहीन भएको टिप्पणी गरे । पद, व्यक्ति र सिट बाहेक राष्ट्र विकासको स्पष्ट एजेन्डा उनीहरूसँग नभएको उनको आरोप छ । “उनीहरू कम्पासविहीन जहाज चलाउन खोजिरहेका छन्,” भन्दै भुषालले नयाँ दलका नेताहरू पुराना नेताकै दोस्रो संस्करण भएको बताए ।

नेता भुषालले जेनजीको भावना ‘हाइज्याक’ भएको दाबी पनि गरे । जेनजी आन्दोलनपछि दलहरूमा सुधार हुने अपेक्षा गरिए पनि मुलुक बर्बाद पार्नेहरू नै पुनः नेतृत्वमा फर्किएकाले त्यो भावना हाइज्याक भएको उनको भनाइ छ । “जसले हिजो मुलुक बिगारे, उनीहरू नै आज फेरि नेतृत्वमा फर्कँदै छन्,” उनले भने ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व छाडे कम्युनिष्ट शक्तिहरू एक हुने दाबी गर्दै भुषालले पुरानो नेतृत्वकै कारण नयाँ राजनीतिक शक्तिको खोजी भएको उल्लेख गरे । “नयाँको आवश्यकता थिएन, पुराना नेतृत्वकै असफलताले नयाँ खोजिएको हो,” उनले भने ।

ओली र प्रचण्डले नेतृत्व छाडेको दिन कम्युनिष्टहरू एक हुने भुषालको विश्वास छ ।

नेता भुषाल शनिबार विराटनगरमा आयोजित नेकपा संयुक्तको कोशी प्रदेशस्तरीय विस्तारित भेलामा सहभागी हुन आएका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट