२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

हरेक नागरिक राष्ट्रका निम्ति इमानदारीपूर्वक लाग्नुपर्छ : अध्यक्ष लिङ्देन

शनिवार , पौष १२, २०८२

सुरुङ्गा (झापा) । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक दलबाट जनचाहनाअनुरुप देश निर्माणमा योगदान नहुँदा वर्तमान परिस्थिति सृजना भएको टिप्पणी गरेका छन् ।

जेनजी आन्दोलनबाट ठूला राजनीतिक दलले नेतृत्व गरेको सरकार ढलेकोतर्फ लक्ष्य गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

आज बिर्तामोडमा आयोजित जनजागरणसभामा उनले गत भदौ २४ गतेको घटनाले राज्य संयन्त्र कति कमजोर रहेछ भन्ने स्पष्ट पारेको बताए । उनले भने, “त्यो बेला हामीले भनेको कुरालाई बेवास्ता गरियो । अहिले हाम्रो कुरा नसुनेकामा नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी पश्चात्ताम गरिरहेका छन् ।”

राप्रपाको वैकल्पिक मार्ग प्रस्तुत गर्दै अध्यक्ष लिङ्देनले ऊर्जा, कृषि र पर्यटन क्षेत्रको विकासबाट देशको विकास गर्न सकिने बताउँदै हरेक नागरिक इमानदारीपूर्वक राष्ट्रका निम्ति लागिपरेमा पाँच वर्षमा मुलुक विकासको बाटोमा अग्रसर हुने विचार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट