काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच भएको सात बुँदे सम्झौतापछि अन्तरिम चुनावी सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदिश खरेलले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया व्यक्त गरेका छन्।
खरेलले फेसबुकमा लेखेका छन्, “नयाँ दिन, नयाँ सुरुवात। सुन्दर र समृद्ध नेपालको सपना ! गन्तव्य तय हुँदैछ‘”
लामो समय पत्रकारितामा सक्रिय खरेल जेनजी आन्दोलनपछि बनेको अन्तरिम चुनावी सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएका थिए। निकट स्रोतका अनुसार उनी अब सक्रिय राजनीतिमा प्रवेश गर्ने तयारीमा छन्।
प्रतिक्रिया दिनुहोस