२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

संस्थापनसँग वार्तामा विशेष महाधिवेशन पक्ष, बेवास्ता गरे निर्वाचन प्रक्रियामा जाने चेतावनी

मंगलवार , पौष २९, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्ष र संस्थापन पक्षबीच आज वार्ता हुने भएको छ। विशेष महाधिवेशन अघि बढाइरहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको टोली वार्तामा बस्न लागेको हो।

वार्तामा विशेष पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी हुनेछन्। संस्थापन पक्षको तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, रमेश लेखक र बालकृष्ण खाँण सहभागी हुने बताइएको छ।

विशेष पक्षले सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षलाई वार्ताका लागि बोलाए पनि उनीहरू भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा सहभागी भएका थिएनन्। सभापति देउवाले विशेष महाधिवेशनलाई मान्यता नदिने सन्देश निकटस्थहरूमार्फत् दिइरहेका छन्।

कांग्रेसका ५१ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले तत्काल नीति र नेतृत्व परिवर्तनको माग गरेका छन्। संस्थापन पक्षले बेवास्ता गरेमा जारी विशेष महाधिवेशनबाट आजैदेखि निर्वाचन प्रक्रिया सुरु गर्ने चेतावनी विशेष पक्षले दिएको छ।

आजको वार्ताको स्थान र समय भने अझै तय भएको छैन। वार्तापछि विशेष महाधिवेशनलाई कसरी अघि बढाउने भन्ने विषयमा निर्णायक टुंगो लाग्ने नेताहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट