२०८३, श्रावण १२ गते

मंगलवार, श्रावण १२ गते २०८३

सुनसरीको घटनामा शंकर पोखरेलको प्रश्न : ‘प्रधानमन्त्रीज्यू, यो दोहोरो मापदण्ड किन?’

मंगलवार , श्रावण १२, २०८३

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ले सुनसरीको देवागन्जमा भएको गोलीकाण्डप्रति प्रधानमन्त्रीमाथि कडा प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले काठमाडौँमा गोली चलेको घटनामा राजनीतिक नेतृत्वलाई दोषी देख्ने सरकारले सुनसरीमा गोली चलेपछि भने प्रहरी–प्रशासनलाई मात्रै दोषी देख्नु दोहोरो मापदण्ड भएको टिप्पणी गरेका हुन्।

उनले एकै प्रकृतिका घटनामा फरक–फरक दृष्टिकोण अपनाइनु दृष्टि भ्रम हो वा चरम राजनीतिक पूर्वाग्रह भन्ने प्रश्न गर्दै यसले गलत सन्देश जाने बताएका छन्।

पोखरेलले घटना जहाँ भए पनि सत्य र न्यायको मापदण्ड एउटै हुनुपर्नेमा जोड दिएका छन्। उनले सरकारको धारणा र व्यवहारमा एकरूपता हुनुपर्ने भन्दै कानुनको शासन सबै घटनामा समान रूपमा लागू हुनुपर्ने उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट