२०८३, श्रावण १२ गते

मंगलवार, श्रावण १२ गते २०८३

लमजुङमा धन्सारमाथि पहिरो खस्दा बुबा–छोरीको मृत्यु, दुई जना घाइते

मंगलवार , श्रावण १२, २०८३

लमजुङ । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा पहिरोले धन्सार पुर्दा बुबा र छोरीको घटनास्थलमै मृत्यु भएको छ ।

माथिबाट कुलो भत्किएर आएको पहिरोले विष्णु दत्त सुवेदीको दुईतले धन्सार भत्काउँदा त्यहाँ बस्दै आएका मर्स्याङ्दी गाउँपालिका–१ घनपोखराका टिकबहादुर विक र उनकी कान्छी छोरी विनीता विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा परी टिकबहादुरकी पत्नी सुककुमारी विक र अर्की छोरी अस्मिता विक घाइते भएका छन् । घाइते दुवै जनाको पोखरास्थित पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख ध्रुवप्रसाद शर्माले जानकारी दिए ।

धन्सार भत्किँदा एकै परिवारका चार जना पुरिएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा अपडेट