२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

कांग्रेस विशेष महाधिवेशन पक्षधरले गरे केन्द्रीय कार्यसमिति बैठक बहिष्कार

मंगलवार , पौष २९, २०८२

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षका केन्द्रीय सदस्यहरूले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने निर्णय गरेका छन्।

आज बिहान ११ बजे बस्नेगरी आह्वान गरिएको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने तय भए पनि विशेष महाधिवेशन पक्षका नेताहरू बैठकमा नजाने भएका हुन्।

विशेष महाधिवेशन सम्पन्न भएपछि कांग्रेसभित्र विवाद थप चर्किएको छ। संस्थापन पक्षका नेताहरूले विशेष महाधिवेशनलाई अवैधानिक भन्दै आएका छन् भने विशेष महाधिवेशन पक्षधरहरूले भने नेतृत्व र नीति चयन गर्ने प्रक्रियालाई अघि बढाउने अडान लिएका छन्।

यसैबीच पार्टीभित्र देखिएको विवाद समाधानका लागि आजै दुवै पक्षबीच वार्ता हुने बताइएको छ। यद्यपि वार्ताको समय र स्थान भने अझै तय भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट