२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

काठमाडौं-२ मा कांग्रेसका कबिरको उम्मेदवारीपछि चुनावी सरगर्मी बढ्यो, मतदातामा उत्साह

बिहिवार , माघ ८, २०८२

काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाका लागि कबिर शर्मालाई उम्मेदवार चयन गरेसँगै उक्त क्षेत्रमा चुनावी चासो र सरगर्मी बढेको छ। लामो समयदेखि विकासका सवालमा ओझेलमा परेको भनिँदै आएको काठमाडौँ–२ मा कांग्रेसले स्पष्ट दृष्टिकोण र सन्तुलित छवि भएका उम्मेदवार अघि सारेको भन्दै मतदताहरुमा पनि उत्साह देखिएको छ ।

उम्मेदवारी चयनपछि शर्माले स्थानीय जनताको आशा, भरोसा र परिवर्तनको चाहनालाई संसद्सम्म पुर्‍याउने गम्भीर जिम्मेवारीका रूपमा लिएको बताएका छन् । पछिल्ला वर्षहरूमा पूर्वाधार, व्यवस्थापन र राज्यको प्राथमिकताबाट पछि परेको काठमाडौँ–२ का समस्या समाधानलाई उनले आफ्नो प्रमुख एजेन्डा बनाउने प्रतिबद्धता जनाएका छन् ।

शहरी क्षेत्र भए पनि काठमाडौँ–२ भित्र असमान विकास, सेवा–सुविधामा पहुँचको कमी र व्यवस्थापनसम्बन्धी समस्या विद्यमान छन्। यी विषयलाई चुनावी बहसको केन्द्रमा ल्याउने रणनीतिका रूपमा कांग्रेसको उम्मेदवारीलाई हेरिएको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा युवाको भूमिका निर्णायक भए पनि नेतृत्व तहमा उनीहरूको उपस्थिति कमजोर रहँदै आएको सन्दर्भमा शर्मा आशालाग्दो युवा नेतृत्वका रूपमा देखिएका छन्। भूगर्भविद् शैक्षिक पृष्ठभूमि भएका शर्मासँग भूगोल, वातावरण र पूर्वाधार विकाससम्बन्धी प्राविधिक ज्ञान रहेको बताइन्छ, जसले शहरी समस्या समाधानमा वैज्ञानिक दृष्टिकोण दिन सक्ने अपेक्षा गरिएको छ ।

निषेध र टकरावको राजनीतिभन्दा सहकार्य, संवाद र समावेशी सोचमा विश्वास गर्ने शर्माको राजनीतिक धारणा वर्तमान अभ्यासभन्दा फरक देखिन्छ । ग्रासरुट तहमा सक्रिय रहँदै आएका उनी नेपाली कांग्रेसको क्षेत्रीय सभापतिका रूपमा संगठन विस्तार र जनसम्पर्कमा निरन्तर देखिँदै आएका छन् ।

शिक्षित पृष्ठभूमि, युवामैत्री सोच र सहकार्यमा आधारित राजनीतिक दृष्टिकोणका कारण काठमाडौँ–२ मा कबिर शर्माको उम्मेदवारीलाई समयसापेक्ष नेतृत्वको संकेतका रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट