२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीसहित सभापति थापा आज पार्टी कार्यालय जाँदै

शुक्रवार , माघ ९, २०८२

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति आज पार्टी केन्द्रीय कार्यालय सानेपामा जाने भएको छ।

सभापति थापा पक्षीय नेता मनोजमणि आचार्यका अनुसार आज दिउँसो १ बजे सभापति थापा, पदाधिकारी तथा केन्द्रीय सदस्यहरू पद बहालीका लागि सानेपा पुग्ने कार्यक्रम रहेको छ।

विशेष महाधिवेशनबाट गगन थापा सभापति, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति, गुरुराज घिमिरे र प्रदीप पौडेल महामन्त्री तथा डा. डिला सङ्ग्रौला पन्त, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी, उदय शमशेर राणा, कर्णबहादुर बुढा, बहादुर सिंह लामा र मुक्ता यादव सहमहामन्त्री चयन भएका छन्। उक्त महाधिवेशनले १३५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको थियो।

२०७८ सालमा सम्पन्न १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा सम्पन्न विशेष महाधिवेशनलाई शेरबहादुर देउवा तथा डा. शेखर कोइराला नेतृत्वका समूहले अस्वीकार गर्दै निर्वाचन आयोग र सर्वोच्च अदालतमा चुनौती दिएका थिए।

तर निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता प्रदान गरिसकेको छ। सर्वोच्च अदालतले पनि देउवा र कोइराला समूहले दायर गरेको रिटमा अन्तरिम आदेश जारी नगरेपछि विशेष महाधिवेशनबाट चयन भएको कार्यसमिति आज औपचारिक रूपमा पद बहालीका लागि पार्टी केन्द्रीय कार्यालय जान लागेको हो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट