२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

चुनावी अभियानकै क्रममा बालेन शाह पुगे प्रसिद्ध धार्मिकस्थल पाथिभरा

शुक्रवार , माघ ९, २०८२

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ताप्लेजुङ स्थित पाथीभरा मन्दिरको दर्शन गरेका छन् ।

आगामी निर्वाचनका लागि चुनावी प्रचार अभियानलाई तीव्र बनाइरहेका शाह हाल पूर्वी पहाडी जिल्लाको भ्रमणमा छन्। सोही क्रममा माघ शुक्ल पञ्चमी अर्थात् श्रीपञ्चमीको शुभ अवसर पारेर उनले पाथिभरा माताको दर्शन गरेका हुन्।

पाथिभरा दर्शनपछि शाहले देशमा शान्ति, समृद्धि र जनताको कल्याणका लागि काम गर्ने संकल्पका साथ पूजा गरेको बताइएको छ। धार्मिक आस्थासँगै जनतासँग प्रत्यक्ष भेटघाट गर्ने उद्देश्यले आफू विभिन्न जिल्लाको भ्रमणमा रहेको उनको भनाइ छ।

उनको पाथिभरा यात्रा स्थानीय बासिन्दा र समर्थकहरूको चासोको विषय बनेको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट