२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

‘धोकेबाज’ आरोपमा महावीर पुनको स्पष्टोक्ति : धोका नदिन सरकारबाट बाहिरिएँ

शनिवार , माघ १०, २०८२

म्याग्दी । पूर्व शिक्षामन्त्री महावीर पुनले अरूलाई धोका दिनका लागि होइन, बरु धोका नदिनकै लागि सरकार छाडेको स्पष्ट पारेका छन्। मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका पुनले आफूविरुद्ध लागेका ‘धोकेबाज’ र ‘भगौडा’ जस्ता आरोपको खण्डन गरेका हुन्।

म्याग्दीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुनले सरकारमा बसेर काम गर्न नसकिने अवस्था आएपछि पदमा टाँसिरहनु उपयुक्त नहुने बताए। उनले भने, “कसैले मलाई धोकेबाज भन्यो, कसैले भगौडा भन्यो, मन्त्रिपरिषद् र जेनजीलाई धोका दिएको आरोप लगाइयो। तर म धोका दिन होइन, धोका नदिनकै लागि सरकारबाट बाहिरिएको हुँ। जहाँ बसेर काम गर्न सकिँदैन, त्यहाँ किन बसिरहने ?”

उनका अनुसार सरकारमा रहँदा आफ्ना योजना र काम प्रभावकारी रूपमा अघि बढाउन नसकिएपछि नै मन्त्री पदबाट राजीनामा दिने निर्णय गरेका थिए। पुन मन्त्री पदबाट शान्त रूपमा राजीनामा दिएर म्याग्दीको निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए।

त्यसपछि उनीमाथि चुनावी सरकारलाई धोका दिएको र पदको लोभमा उम्मेदवारी दिएको आरोप लाग्न थालेको थियो। यस विषयमा प्रतिक्रिया दिँदै पुनले सामाजिक सञ्जालमा आएका टिप्पणीप्रति पनि आफ्नो धारणा राखे।

एक व्यक्तिले सामाजिक सञ्जालमा ‘महावीर पुनको महा पनि रहेन, वीर पनि रहेन’ भनेर लेखेको प्रसंग उल्लेख गर्दै पुनले भने, “त्यो कुरा लेख्ने व्यक्ति साधारण मान्छे होइन, नेपाल मात्र होइन संसारमै विद्वानका रूपमा चिनिने व्यक्ति हुन्।”

पत्रकार सम्मेलनमा पुनले जनताको विश्वास र इमानदारीलाई सबैभन्दा ठूलो मूल्य मान्दै, आगामी निर्वाचनमा पनि स्पष्ट र जवाफदेही राजनीतिका लागि आफू उम्मेदवार बनेको बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट