२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

सरकारी रकम नतिर्ने ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक, ३५ दिनभित्र तिर्न अल्टिमेटम

आइतवार , माघ ११, २०८२

काठमाडौं । सरकारलाई तिर्नुपर्ने रकम लामो समयदेखि नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सरकारले सार्वजनिक गरेको छ। प्रभावशाली व्यवसायीदेखि कर्मचारी, कृषि व्यवसायी र सुरक्षाकर्मीसमेत सूचीमा परेपछि सरकारी बक्यौता असुलीप्रति राज्यको कडाइ स्पष्ट देखिएको छ।

महालेखा नियन्त्रकको कार्यालयअन्तर्गत कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहलले ती व्यक्तिहरूको नाम, ठेगाना र तिर्न बाँकी रकमसहितको विवरण सार्वजनिक गर्दै ३५ दिनभित्र साँवा तथा ब्याजसहित रकम बुझाउन निर्देशन दिएको छ। तोकिएको समयभित्र रकम नतिरेमा उनीहरूको चल तथा अचल सम्पत्ति दाबी गरी प्रचलित कानुनअनुसार असुल उपर गरिने चेतावनीसमेत दिइएको छ।

सार्वजनिक सूचीमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह, पोखरास्थित दि फूलबारी लिमिटेडका पियुषबहादुर अमात्यलगायत विभिन्न क्षेत्रका व्यक्तिहरू समावेश छन्। सूचीमा कर्मचारी, कृषि व्यवसायी तथा सशस्त्र प्रहरीसमेत रहेको जनाइएको छ।

केन्द्रीय तहसिल कार्यालयका अनुसार सरकारी रकम तिर्न बाँकी रहनेहरूको लगत अद्यावधिक गरी विगतका वर्षहरूमा पनि पटक–पटक सार्वजनिक सूचना प्रकाशित गरिएको थियो। साथै सम्बन्धित व्यक्तिहरूको घरठेगानामा पत्राचार गर्दै कार्यालयमा उपस्थित हुन आग्रह गरिएको थियो।

तर बारम्बारको सूचना र प्रयासका बाबजुद पनि सरकारी बक्यौता असुल हुन नसकेपछि बाध्य भएर तीनपुस्ते विवरण सार्वजनिक गर्नुपरेको कार्यालयले जनाएको छ। यस कदमलाई सरकारी राजस्व अनुशासन मजबुत बनाउने प्रयासका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट