२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

ओलीको पोस्टमा बालेनको कडा टिप्पणीः आफूलाई आतंकवादी चाहिँ कहिले स्वीकार्ने हो ?

आइतवार , माघ ११, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सार्वजनिक डिबेटमा सहभागी नहुने स्पष्ट संकेत दिएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले ७६ जना बालबालिकाको हत्या र त्यससँग जोडिएका व्यक्तिहरूसँग एउटै मञ्चमा उभिनु नैतिक रूपमा अस्वीकार्य हुने बताएका छन्।

बालेनले लेखेका छन्, “७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसैमा सामेल भएको बुझिनेछ।” यही कारण देखाउँदै उनले यस्ता सार्वजनिक डिबेटमा सहभागी नहुने संकेत गरेका हुन्।

यसअघि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख नेताबीच सार्वजनिक डिबेट आवश्यक रहेको धारणा अघि सारेका थिए। देश बनाउने र देश जलाउने शक्तिबीच खुला बहस हुनुपर्ने ओलीको भनाइ थियो।

तर त्यसको जवाफस्वरूप बालेनले नीति, कार्यक्रम वा नेतृत्व क्षमताभन्दा पनि नैतिक र राजनीतिक उत्तरदायित्वको प्रश्नलाई प्राथमिकतामा राखेका छन्। उनको भनाइमा हिंसा, हत्या र त्यसलाई मौन समर्थन गर्नेहरूसँग बहस गर्नु भनेको उनीहरूलाई वैधानिकता दिनु बराबर हो।

यसै कारण, त्यस्ता व्यक्तिहरूसँग एउटै मञ्च साझा गर्न अस्वीकार गर्नु व्यक्तिगत मात्र नभई नैतिक निर्णयसमेत भएको संकेत बालेनले दिएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट