२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान शुरू, दुई सिटका लागि प्रतिस्पर्धा

आइतवार , माघ ११, २०८२

मोरङ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा मतदान शुरू भएको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरमा विहान ९ वजेदेखि शुरू मतदान दिउँसो ३ वजे सम्म हुने छ ।

प्रदेशको मतदान प्रदेश निर्वाचन कार्यालय विराटनगरमा भइरहेको छ । कोशी प्रदेशमा २ सदस्य पदका लागि निर्वाचन हुँदैछ ।

खुल्ला तर्फको एक सदस्य निर्विरोध निर्वाचित भएका छन् । दलित र महिला सदस्य पदका लागि निर्वाचन हुँदैछ । २ पदका लागि ४ जना उम्मेदवार प्रतिष्पर्धामा छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेस र एमालेले गठबन्धन गरेका छन् । कांग्रेस–एमाले गठबन्धनबाट खुल्ला तर्फका कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध भएका छन ।

गठबन्धनबाट महिला र दलित दुवै पदमा एमाले उम्मेदवार रहेका छन् । महिलामा रोशनी मेचे र दलितमा सोम पोर्तेल रहेका छन् । नेकपाबाट महिलामा नमिता न्यौपाने र दलितमा खेम सुन्दासले उम्मेदवारी दिएका छन् ।

निर्वाचनका मतदाता प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख हुन्छन् । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख–उपप्रमुखको १९ रहेको छ ।

कोशी प्रदेशका १३७ स्थानीय तहहरु मध्ये नेपाली कांग्रेसका ११३, एमालेका १०८, नेपाली कम्युनिष्ट पार्टीका ३६ जसपा नेपाल र राप्रपाका ४(४ र स्वतन्त्र २ जना रहेका छन् । प्रदेशसभामा नेपाली कांग्रेसका २९, एमालेका ४०, नेकपाका १७, राप्रपाका ५ र जसपा नेपालका १ सांसद छन् ।

स्थानीय तहका प्रमुख(उपप्रमुख ६ जना र प्रदेशका एक जना प्रतिनिधि सभामा उम्मेदवारी दिएकाले र झापा गाउँपालिका अध्यक्ष भ्रष्टाचार मुद्दाका निलम्बनमा परेकाले मतदानमा सहभागी हुने छैनन ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट