काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जितका लागि १४१ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड २० ओभरमा अलआउट हुँदै १४० रनमै सीमित भयो ।
नेपालले बलिङमा उत्कृष्ट सुरुवात गरे पनि अन्तिम ओभरतिर स्कटल्यान्डले पुनरागमन गर्न सफल भयो । पावरप्लेमै तीन विकेट लिएको नेपालले स्कटल्यान्डलाई ७९–६ को अवस्थामा पुर्याए पनि बाँकी ओभरमा स्कटल्यान्डले संघर्षपूर्ण ब्याटिङ गर्दै सम्मानजनक स्कोर खडा गर्यो ।
स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले अविजित ४५ रन बनाइन् । अलिसा लिस्टरले २२ रन बनाउँदा सराह ब्राइसले १८ तथा मेगान मेकलले १७ रनको योगदान दिइन् ।
नेपालका लागि मनीषा उपाध्यायले ४ ओभरमा १५ रन खर्चेर ४ विकेट लिइन् । रुबिना क्षेत्रीले ४ ओभरमा २३ रन दिँदै ३ विकेट लिइन् । सीता राना मगर, रिया शर्मा र कविता जोशीले समान १–१ विकेट लिए ।
सुपर सिक्समा पुग्ने सम्भावना कायमै राख्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब रहेको छ ।
प्रतिक्रिया दिनुहोस