काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगन थापाप्रति दिएको अभिव्यक्तिविरुद्ध रास्वपा वरिष्ठ नेता बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।
निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत घृणात्मक, भ्रामक र मानहानिकारक अभिव्यक्ति दिएको आरोपमा निवेदक धर्मराज तिमिल्सिनाले आयोगमा उजुरी दिएका हुन् ।
उजुरीमा भनिएको छ, ‘बालेन शाहले प्रयोग गरेका ७६ जना बच्चाको हत्यारा, आतङ्कवादी, देश जलाउने जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको निर्णयबिनै लगाइएका गम्भीर, आपराधिक र तथ्यहीन आरोप हुन् । यस्ता अभिव्यक्तिले व्यक्तिको सामाजिक प्रतिष्ठामा गम्भीर क्षति पुर्याउने, वैधानिक राजनीतिक दलप्रति जनघृणा फैलाउने तथा मतदाताको मानसिकता भ्रमित पार्ने खतरा रहेको छ ।’
प्रतिक्रिया दिनुहोस