२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

धनगढीमा कुटपिट गरी श्रीमतीको मृत्यु

सोमवार , माघ १२, २०८२

सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिका–१३ का सतिङ दाहालले कुटपिट गर्दा श्रीमती ३० वर्षीया हीरा दाहालको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–८ घर भई हाल वडा १३ को राजपुरमा डेरा गरी बस्ने सतिङले घरायसी विवादमा कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिंहले बताए । कुटपिट गर्दा गम्भीर घाइते भएकी दाहालको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको उनले बताए ।

डेरामै कुटपिट भएपछि हीराले नजिकै रहेको माइती घर पुगेर गुहार मागेपछि तत्काल अस्पताल पुर्याइएको जनाइएको छ । सतिङलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच जिल्ला अदालत कैलालीको फैसला कार्यान्वयनको सिलसिलामा चोरी मुद्दामा एक वर्ष कैद सजाय र रु एक हजार जरिवाना सुनाइएका एक फरार अभियुक्तलाई पक्राउ गरिएको छ । कैलालीको गोदावरी नगरपालिका–८ का २३ वर्षीय दीपेन्द्र रानालाई प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी डाँका चोरी मुद्दामा छ वर्ष कैद सजाय र रु ३० हजार १५० जरिवाना तोकिएर फरार रहेका कञ्चनपुर, कृष्णपुर नगरपालिका–४ ढैया टोलका ५० वर्षीय मदन नाथयोगी भनिने मदन विकलाई पनि प्रहरी टोलीले पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट