विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र असल अभ्यासमा जोड दिनुपर्ने बताएका छन् । आज कोशी सहयोग कार्यक्रम निर्देशक समितिको बैठकलाई सम्बोधन गर्दै उनले स्वीस सरकारको सहयोगमा सञ्चालित सो कार्यक्रमलाई छरितो ढङ्गले टुङ्ग्याउनुपर्ने बताए ।
बैठकमा उनले कार्यविधि र अरु प्रक्रियाहरु चाँडो सकेर कामलाई द्रुत गतिमा आगाडि बढाउनुपर्नेमा जोड दिएका थिए । स्वीस सरकारसँग नेपालको सम्बन्ध सात दशक लामो भएको चर्चा गर्दै उहाँले स्वीस सरकारको सहयोगको प्रशंसा गरे ।
बैठकमा स्वीस सरकार विकास सहयोग कार्यक्रमअन्तर्गत सञ्चालित कार्यक्रमहरूको समीक्षा र प्रगतिका साथै आगामी दिनमा गर्न सकिने कार्यक्रमका बारेमा छलफल भएको थियो । यस कार्यक्रमअन्तर्गत करिब रु आठ करोड बराबरको कम्प्युटर प्रिन्टरलगायतका सामग्री स्थानीय तहमा हस्तान्तरण गरी जेनजी आन्दोलनपछि वडा कार्यालयहरु सञ्चालन गर्न सहयोग पुर्याइएको छ । यस कार्यक्रमले सङ्घीयता कार्यान्वयन र सुशासनमा सहयोग गर्दै आएको छभने प्रदेशमा कानुन निर्माणमा समेत यसले सहयोग गरेको छ ।
प्रतिक्रिया दिनुहोस