२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

चुनावी अभियानमा कांग्रेस सक्रियः ७७ जिल्लालाई परिपत्र, गगनले खोजे देउवाको साथ

मंगलवार , माघ १३, २०८२

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने निर्वाचनलाई केन्द्रमा राख्दै ७७ वटै जिल्ला सभापति तथा क्षेत्रीय कार्यसमितिलाई परिपत्र जारी गरेको छ। परिपत्रमार्फत विशेष महाधिवेशनमा भएका हार–जितका विषयलाई थाती राखी सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्न आग्रह गरिएको छ।

महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेद्वारा जारी परिपत्रमा वर्तमान राजनीतिक परिस्थितिमा पार्टीलाई अघि बढाउन निवर्तमान सभापति शेरबहादुर देउवाको साथ रहने विश्वास व्यक्त गरिएको छ।

पार्टीले विगतमा भएका कमजोरीप्रति आत्मालोचना गर्दै समीक्षा गरिसकेको जनाउँदै आजसम्मका उपलब्धिलाई समयको मागअनुसार संस्थागत गर्ने संकल्प गरेको सन्देश परिपत्रमार्फत दिइएको छ।

परिपत्रमा भनिएको छ, “गत भाद्र २३ र २४ गते जेन–जी पुस्ताद्वारा भएको प्रदर्शनपछि परिवर्तित राजनीतिक परिस्थितिको यस कठिन र संवेदनशील घडीमा हामी सबै उच्च मनोबल, एकता र जिम्मेवारीपूर्ण प्रतिबद्धताका साथ अघि बढ्नु अत्यावश्यक छ।”

त्यसैगरी, यस निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा अत्यधिक जनमत सिर्जना गर्दै पार्टीका उम्मेदवारहरूलाई विजयी गराउन पार्टीका सबै निकायले आ–आफ्नो तहबाट रणनीतिक रूपमा जिम्मेवारी निर्वाह गर्नुपर्ने बेला आएको पनि परिपत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट