२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

जेनजी प्रदर्शन : छानबिन गर्न गठित आयोगको प्रगतिबारे सदनलाई जानकारी गराउन माग

मंगलवार , माघ १३, २०८२

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठकमा सांसद सुमित्रा बिसीले गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न गठित आयोगको प्रगतिबारे सदनलाई जानकारी गराउन माग गरेकी छिन् ।

राष्ट्रियसभा सदस्य गङ्गाकुमारी वेल्वासेले राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणका कारण नागरिकको ज्यान जाने र घाइते हुनेको सङ्ख्या बर्सेनि बढ्दै गएको उल्लेख गरिन्।

अर्का सांसद गोपीबहादुर सार्की आछामीले झापा, मोरङ, सुनसरी, उदयपुरलगायत जिल्लामा हात्तीको आतङ्क बढ्दै गएको बताए ।

सांसद तुलसाकुमारी दाहालले सर्लाही जिल्लामा दादुरा र रुबेलाजस्ता सरुवा रोगको प्रकोप बढिरहेको उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सेवा र पूर्वतयारीमा ध्यान दिनुपर्ने बताइन् ।

सांसद मायाप्रसाद शर्माले जाजरकोट भूकम्पका पीडितले अझै पर्याप्त राहत नपाएका गुनासो गरे । पुनर्निर्माणका सम्पन्न नहुँदा भूकम्प पीडितको जीवन कष्टकर भएको उनले बताए ।

सांसद शारदादेवी भट्टले मदिरापान गरी सवारीसाधन चलाउने तथा सवारी नियम उल्लङ्घन गर्नेलाई कठोर सजाय हुनुपर्ने बताइन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट