२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

काठमाडौँका ९ क्षेत्रमा निर्वाचन गराउने जिम्मा महिला निर्वाचन अधिकृतको काँधमा

मंगलवार , माघ १३, २०८२

काठमाडौं । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन घोषणा भएयता निर्वाचन हुने वा नहुने आशंकाका बीचबाट सुरु भएको निर्वाचनको तयारी अहिले सुनिश्चिततातर्फ अघि बढेको छ ।

निर्वाचन गराउने कार्यादेश पाएको सरकारले यसलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको छ । जसका कारण अहिले मुलुक निर्वाचनमय बनेको छ । त्यसबाट संघीय राजधानी काठमाडौँ अछुतो रहने कुरै भएन ।

काठमाडौँ सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला हो । यहाँ १० वटा निर्वाचन क्षेत्र छन् । प्रत्येक निर्वाचनमा काठमाडौँका १० वटै निर्वाचन क्षेत्रको चर्चा विशेष रहन्छ । यसपटक पनि राजनीतिक दलहरु यी निर्वाचन क्षेत्रमा आफ्नो बलियो उपस्थिति कायम गर्न हरसम्भवले प्रयास गरिरहेका छन् । अझ जेनजी आन्दोलनका कारण हुन लागेको निर्वाचनले अझ विशेष बनेको छ । त्यसको जिम्मेवारी सरकारले महिला निर्वाचन अधिकृतको काँधमा सुम्पेको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ३ की मुख्य निर्वाचन अधिकृत चमिला भट्टराईले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताइन् “काठमाडौँ सबैभन्दा ठूलो निर्वाचन क्षेत्र भएको जिल्ला हो । यहाँका अधिकांश स्थानको जिम्मेवारी सरकारले महिलालाई सुम्पेको छ, जुन विश्वास र भरोसाले जिम्मेवारी पाएका छौँ, हामीले इमानदारिताका साथ निभाएका छौँ”, उनले भनिन् ।

महालेखा नियन्त्रक कार्यालयका निर्देशक भट्टराई महिलाले अवसर पाउने हो भने जिम्मेवारीपूर्वक कर्तव्य पालना गर्ने बताउँछिन् । खासगरी बोलीमा मिठास र भावपूर्ण व्यवहार प्रस्तुत गर्नु महिला नेतृत्वको मौलिक गुण हो भन्ने भट्टराईको धारणा छ । यसअघि स्थानीय तहको निर्वाचनमा मुख्य जिम्मेवारी लिएको अनुभव बटुलेकी उनले महिला नेतृत्वप्रति अरूले गर्ने व्यवहार पनि सभ्य र शालीन हुने गरेको बताइन्। उनी भन्छिन् “रिसै उठेर आउनेहरु पनि महिलाका अगाडि आएपछि शान्त भइदिनुहुन्छ, स्थानीय निर्वाचनले मलाई अझ बढी परिपक्व बनाएको छ ।”

महान्यायधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता शान्ति न्यौपानेले काठमाडौँ क्षेत्र नं २ को निर्वाचन अधिकृतको भूमिका निर्वाह गरेकी छिन् । आफूले लिएको जिम्मेवारी पूरा गर्ने मात्रै होइन, अत्यन्त सभ्य र शान्त वातावरणमा निर्वाचन सम्पन्न गर्नुपर्ने मुख्य जिम्मेवारीमा उनी सचेत छिन्। परिवारको दायित्व निभाउनुका साथै अवसर पाउँदा कार्यालयले दिने हरेक कार्य कुशलताका साथ आफूले काम गर्दै आएको उनको भनाइ छ ।

निर्वाचन आयोगका अनुसार उच्च सरकारी वकिल कार्यालय पाटनका उपन्यायाधिवक्ता कृष्णा भण्डारी काठमाडौँ–४ मा र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव श्रद्धा रिजाल काठमाडौँ–५ मा मुख्य निर्वाचन अधिकृत छन् । साथै उच्च सरकारी वकिल कार्यालय, पाटनका उपन्यायाधिवक्ता चपला पोखरेलले काठमाडौँ–६ मा, आन्तरिक राजस्व विभागका उपन्यायधिवक्ता सविता शर्मा काठमाडौँ–७ मा, रक्षा मन्त्रालयका उपसचिव सम्झना खनाल काठमाडौँ–८ मा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव मेनुका घिमिरेमा काठमाडौँ–९ र सर्वोच्च अदालतका उपरजिस्ट्रार अमृताकुमारी शर्मामा काठमाडौँ,–१० को मुख्य निर्वाचन अधिकृतका रुपमा काम गरिरहेकी छिन् ।

त्यस्तै, काठमाडौँभन्दा बाहिर पर्सा–४ मा नुतन झा, सिन्धुली–१ मा निमा घिमिरे, नवलपरासी ९बर्दघाट०–२ मा सर्वोच्च अदालतका उपरजिस्ट्रार सीता अधिकारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव इन्दुदेवी न्यौपाने, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०–१, कास्की–१ मा सर्वोच्च अदालतका इजलास अधिकृत सीता रेग्मीले मुख्य निर्वाचन अधिकृतको भूमिका निर्वाह गरेकी छन् ।

साथै मकवानपुर–१ मा जिल्ला अदालत मकवानपुरका न्यायाधीश गीता श्रेष्ठ, सिन्धुपाल्चोक–२ मा जिल्ला न्यायाधीश रीताकुमारी बख्रेल र बागलुङ–१ मा जिल्ला न्यायाधीश सीता शर्मा अधिकारी, भक्तपुर–२ मा राधिका सुवाल, ललितपुर–१ मा इशा सुवेदी र ललितपुर २ मा सर्वोच्च अदालतका इजलास अधिकृत सम्झना सिम्खडा पुडासैनी मुख्य निर्वाचन अधिकृत छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट