२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

घरभित्र लुकेको हिंसामाथि प्रश्न उठाउने नाटक ‘बिस्फोटको तेश्रो पाइला’

बुधवार , माघ १४, २०८२

काठमाडौं । प्रायः बाहिर मात्र हुने अपराधका रूपमा बुझिने बलात्कार र यौन हिंसा आफ्नै घरभित्र, आफ्नै श्रीमानबाट पनि हुन सक्छ भन्ने कडा यथार्थलाई मञ्चमा उतार्ने नाटक ‘बिस्फोटको तेश्रो पाइला’ मञ्चन भईरहेको छ ।

मिराकल फिल्म्सको सहकार्यमा एभरेष्ट फिल्म एकेडेमीको प्रस्तुतिमा कुञ्ज थिएटरमा मञ्चन भईरहेको यो नाटकले वैवाहिक सम्बन्धभित्र महिलाले भोग्ने यौनिक हिंसा, मौन पीडा र सामाजिक दबाबलाई मुख्य विषय बनाएको छ। समाजमा अझै पनि ‘श्रीमान–श्रीमतीबीच बलात्कार हुँदैन’ भन्ने गलत मान्यतामाथि नाटकले प्रत्यक्ष प्रश्न उठाएको छ।

नाटक ‘बिस्फोटको तेश्रो पाइला’ को परिकल्पना तथा निर्देशन रोमर्श राय ठकुरिले गरेका हुन् भने सहायक निर्देशन बिशाल के.सी.को रहेको छ। नाटक कुञ्ज थिएटर, थापागाउँ–काठमाडौँमा मञ्चन भईरहेको छ।

मञ्चन तालिकाअनुसार नाटक माघ ०४ गतेदेखि २० गतेसम्म नियमित रूपमा दिउँसो ५:०० बजे प्रदर्शन हुनेछ। शनिबार अतिरिक्त शो दिउँसो २:३० बजे पनि राखिएको छ।

पोस्टरमा देखाइएझैँ, चर्किएको जमिनमा महिलाको नाङ्गो पाइला अगाडि बढिरहेको दृश्यले घरभित्रैबाट सुरु हुने हिंसाले महिलाको जीवन कति असुरक्षित र पीडादायी बन्न सक्छ भन्ने गहिरो संकेत गर्छ। नाटकले पीडित महिलाको मनोविज्ञान, समाजको चुप्पी र कानुनी तथा सामाजिक जटिलतालाई कलात्मक ढंगले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

निर्माण टिमका अनुसार ‘बिस्फोटको तेश्रो पाइला’ केवल नाटक मात्र होइन, वैवाहिक बलात्कार, महिला अधिकार र घरभित्रको अदृश्य हिंसामाथि बहस सुरु गराउने प्रयास हो।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट