२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

तनहुँमा प्रतिनिधिसभा निर्वाचनका लागि दुई हजार कर्मचारी खटाइने

बिहिवार , माघ १५, २०८२

तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा दुई हजार कर्मचारी परिचालन हुने भएका छन् ।

जिल्ला प्रशासन कार्यालयले निर्वाचन केन्द्रित जनशक्ति व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको बताएको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार सरकारी सेवाका कर्मचारीलाई मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका रूपमा पहिलो प्राथमिकता दिइएको छ । अपुग कर्मचारीको परिपूर्ति शिक्षकहरूबाट गरिने छ ।

यसैगरी, निर्वाचनमा दुई हजार २०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता कायम छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार एक लाख २३ हजार ४९१ पुरुष र एक लाख ३० हजार ९०६ महिला मतदाता छन् । जिल्लाका १० पालिकामध्ये व्यास नगरपालिकामा सबैभन्दा बढी र देवघाट गाउँपालिकामा सबैभन्दा कम मतदाता छन् ।

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको क्षेत्र नम्बर १ मा एक लाख ३६ हजार ११८ र क्षेत्र नम्बर २ मा एक लाख १८ हजार २७९ मतदात छन् । जिल्लामा १४४ मतदानस्थल र ३०९ वटा मतदान केन्द्र कायम भएका निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट